तपाईँ सुन्दै हुनुहुन्छः

अब कुनै आयोजना शु्न्यमा रहन सक्दैनः मन्त्री नेम्बाङ्ग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताउनु भएको छ । आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

गोष्ठिमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्ष्यित गर्दै मन्त्री नेम्बाङ्गले भन्नुभयो ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भिर बनाएको हुन सक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

मन्त्री नेम्बाङ्गले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासंग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो । काम सानो देखिए पनि त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ ।’

उहाँले सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘केहि अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजिवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनाले यो क्षेत्र प्राथमिकतामा रहनुपर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी भएको कुरा बताउनुभयो ।

मन्त्री नेम्बाङ्गले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भिर हुन समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button