तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल समाजबादतर्फ उन्मुखः अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तबादको अन्त्य भई नेपाल अहिले समाजबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ ।

फाल्गुनन्द लिंगदेन फिल्म प्रालिले आज काठमाडौंमा आयोजना गरेको अवार्ड बितरण तथा सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले सघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि नेपालको हरेक राजनीतिक परिबर्तनमा नेपालका सबै जातजाति र सबै भुगोलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

बिबिध भाषा र बिबिध जातिको देशका रुपमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सगरमाथा र बुद्धको देश नेपाल आगामी दिनमा बिकास मार्गमा समेत सगरमाथा जस्तै उच्च रुपमा फड्को मार्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले किरांत समुदायसंगै नेपालका हरेक क्षेत्रमा बसोबास गर्ने आम नेपालीमा राष्ट्रिय एकताको भावना प्रचुर रुपमा रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले लिम्बु भाषा,कला,साहित्यको बिकासमा महत्वपूर्ण योगदान दिनुभएका यहान लावती,भरत सुब्बा लगायतका ब्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button