तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र क्लव ए डिभिजन लिगको शीर्ष स्थानमा

संकटा क्लवलाई हराउँदै स्टार खेलाडीले भरिएको मच्छिन्द्र क्लव सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । जारी लिगमा मच्छिन्द्रको यो नवौं जित हो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मच्छिन्द्रले संकटालाई तीन एकले हरायो । जसका कारण मच्छिन्द्रले त्रिभुवन आर्मीलाई दुई अंकले पछि पार्दै शिर्ष स्थानमा फर्किएको छ । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी, दिपक राईले एक एक गोल गरे ।

संकटाका तर्फबाट मसोउकीले गोल गरेका थिए । संकटाले जारी लिगमा पाँचौ हार ब्यहोर्यो । जितसँगै मच्छिन्द्रले १२ खेलबाट २८ अंक बनाएको छ । सातौं स्थानमा रहेको संकटाको १५ अंक छ । दोस्रो स्थानको आर्मीको ११ खेलमा २६ अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button