तपाईँ सुन्दै हुनुहुन्छः

अब सिटिइभिटीको अनलाइन भुक्तानी खल्ती एपबाट पनि

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद (सिटिइभिटी )को हालै खुलेको विभिन्न पदको पदपूर्तिको विज्ञापनको फाराम अनलाइन मार्फत भर्न सकिने भएको छ ।

सोको शुल्क अनलाइनमार्फत नै बुझाउन सकिने भएको सिटिइभिटीले जनाएको छ ।

आन्तरिक तथा खुल्ला दुबै पदहरुको पदपूर्तिका लागि फारामहरु सिटिइभिटीको वेभसाइटमा उपलब्ध रहेको छ र सोको अनलाइन भुक्तानी खल्ती एपको मोवाइल एप वा काउन्टरबाट भुत्तानी गर्न सकिनेछ ।

यस सेवाले घण्टौ काउण्टरमा लाइन लाग्नुपर्ने वा पटक पटक कार्यालय धाउने झन्झटबाट आवेदनकर्ताहरुले राहत पाउने भएका छन ।

यस सेवामार्फत हालसम्म हजारौ आवेदकहरुले फाराम बुझाइसकेको र पेमेन्ट गरिसकेको जानकारी स्पयारो पे प्रा लिको खल्ती एपका निर्देशक अरविन्द शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button