तपाईँ सुन्दै हुनुहुन्छः

चालिस लाख सामुदायिक कार्यकर्ता कोरोना विरुद्ध अग्रपङ्क्तिमा परिचालित

बेइजिङ । कोरोना भाइरसका नियन्त्रणका लागि चालिस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका हुन् ।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

पत्रकार सम्मेलनमा उहाँले रहेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिनुभयो ।

उनीहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नु पर्ने मुख्य जिम्मेवारी दिइएको छ । चेनका अनुसार उनीहरुले धेरै कडा मेहनेत गरेर काम गरिरहेका छन् ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको उनीहरुको भनाई छ ।

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा एक हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको जनाइएको छ । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ ।

विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरूलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जचाउन भनिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button