२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या १०१८ पुग्यो, एकै दिन १०८ जनाको मृत्यु

रेडियो नेपाल २०७६ माघ २८ गते ८:३१

काठमाडौँ । कोरोना भाइरसको प्रकोपबाट हालसम्म एक हजार १६ जनाको ज्यान गएको छ । सोमबार मात्रै चीनमा एक सय ८ जनाको ज्यान गएको हो । पछिल्लो पटक थप २ हजार ४ सय ६७ जना जना संक्रमित फेला परेको हो । मंगलबार बिहानसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको चाइना डेलीले जनाएको छ ।

चीनमा सो भाइरसबाट फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेबु्रवरी ९ मा ९७ र १० मा १०८ जनाको ज्यान गएको छ ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट ५ सयबढी मानिस संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यस्तै चीनपछि जापानमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । जापानमा हालसम्म एक सय ६१ जना संक्रमित फेला परेका छन् ।

भारतको केरलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म केरलामा ३४ जनालाई अस्पताल भर्ना गरिएको र ३ हजार २५२ जना निगरानिमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

६ घन्टा अगाडि रेडियो नेपाल