तपाईँ सुन्दै हुनुहुन्छः

नयाँदिल्ली विधानसभा निर्वाचनको मतगणना सुरु, आमआदमी अगाडी

नयाँदिल्ली । आजबाट नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना  सुरु भएको छ ।

मतगणना कार्य बिहान ८ बजेबाट सुरु भएको हो । विद्युतीय मतदान भएकाले चुनावी परिणाम आजै बेलुकासम्म सार्वजनिक हुने अनुमान गरिएको छ ।

दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरेर मतगणना सुरु गरिएको बताउनुभयो ।

प्रारम्भिक रुझानमा आम आदमी पार्टी दुई तिहाइ बहुमत ल्याउनेगरी अगाडि छ । कूल ७० सिट भएको दिल्ली विभानभामा आम आदमी पार्टी ५३ सिटमा अगाडि छ । भारतीय जनता पार्टी १५ सिटमा अगाडि छ र एउटा सिटमा मात्र कांग्रेस अगाडि छ । एउटा सिटको गणना सुरु हुन बाँकी नै छ ।

यसअघिको निर्वाचनमा आम आदमी पार्टीले विधानसभा निर्वाचनमा ७० सिट मध्ये ६७ सिट जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button