तपाईँ सुन्दै हुनुहुन्छः

अछामकाे कमलबजार देशकै पहिलाे छाउपडी गाेठमुक्त

अछाम-अछामको कमलबजार नगरपालिका देशकै पहिलाे छाउपडी गाेठमुक्त नगरपालिका घाेषणा गरिएको छ । छाउगाेठमै महिला तथा किशोरीकाे ज्यान जान थालेपछि छाउगाेठ भत्काउने तथन जनचेतना जगाउने कार्य थालिएको थियाे ।

नगरपालिकाका १० वटै वडामा रहेका ३ सय ८२ असुरक्षित छाउगोठ भत्काई महिनावारि हुने उमेर समुहका किशोरी तथा महिला सुरक्षित तरिकाले घरमै बस्न थालेपछि देशकै पहिलो नगरपालिकाको रुपमा छाउपडी गाेठमुक्त घाेषणा गरिएको नगरपालिकाका प्रमुख ओमप्रकाश बिष्टले बताउनु भयाे ।

नगरपालिकालाई एकसाथ पूर्ण साक्षर नगरपालिका समेत घाेषणा गरिएको छ । प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले एक कार्यक्रमका वीच नगरपालिकालाई  छाउगोठ मुक्त र पूर्ण साक्षर घोषणा गर्नु भएको हो ।
नगरपालिकाका  १५ बर्ष देखि ६० बर्ष उमेर समुहका ९८ दशमलव १५ प्रतिशत नागरिक साक्षर भएपछि अछामको ७ अौँ स्थानिय तहको रुपमा साक्षर नगर समेत घोषणा गरिएको नगर प्रमुख बिष्टले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटिले सामाजिक अभियानमा नगरपालिकाले महत्वपुर्ण खुड्किलो पार गरेकाले धन्यवाद दिदै महिला बर्गलाई निर्णायक तहमा सहभागि नगराए बिकास सम्भब नरहेको बताउनु भयो । क्षेत्र नम्बर २ का हरेक बिकास निर्माण कार्यका लागि नियमित अावाज उठाइ रहेकाले बिदुत, सडक, शिक्षा, स्वास्थ्यका समस्या चाडै समाधान हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button