तपाईँ सुन्दै हुनुहुन्छः

ओमान र अमेरिका मैदानमा : ओमन पहिले व्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालमा जारी त्रिदेशिय श्रृंखलामा आज(मंगलबार) अमेरिका र ओमान भिडिरहेका छन् ।

कीर्तिपुर मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ओमनले पहिले व्याटिङ गरिरहेको छ ।

अमेरिका र ओमान एक दिवसिय अन्तराष्ट्रिय क्रिकेटमा खेल्न लागेको यो दोस्रो पटक हो ।

यही श्रृंखलाको पहिलो भेटमा ओमानले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

ओमन आज त्यही लय जारी राख्दै नेपाल भ्रमणलाई टुंग्याउन चाहन्छ भने अमेरिका उक्त हारको बदला लिने अभियानमा रहेको छ ।

जारी त्रिदेशीय श्रृंखलामा ओमानले तीन खेल जितिसकेको छ । नेपालले एक खेल जितेको छ भने अमेरिकाले एउटा पनि खेल जित्न सकेको छैन ।

विश्वकप क्रिकेट लिग दुई मा पनि ओमान ९ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । १० खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

आज ओमानलाई हराएको खण्डमा अमेरिका शीर्ष स्थानमा उक्लिनेछ । ७ देश सहभागि प्रतियोगितामा तिन खेल मात्रै खेलेको नेपाल भने २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button