तपाईँ सुन्दै हुनुहुन्छः

बिग्रेड ब्वाइजलाई हराउँदै त्रिभुवन आर्मी पुनः शीर्षमा

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मीले बिग्रेड ब्वाइजलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै त्रिभुवन आर्मी १२ खेलबाट २९ अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। यसअघि समान खेलबाट २८ अंकसहित मछिन्द्र क्लब शीर्ष स्थानमा थियो।

त्रिभुवन आर्मीले ९ खेलमा जित र २ मा बराबरी खेल्दा १ खेलमा हारको सामना गरेको छ। समान नतिजा ल्याएको मछिन्द्रको भने गत वर्षको रेलिगेसनका कारण एक अंक घटेको हो।

त्रिभुवन आर्मीलाई जित दिलाउन भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले समान १ गोल गरे। खेलको ५ औं मिनेटमा भरतको गोलबाट अग्रता लिएको त्रिभुवन आर्मीका लागि खेलको ५४ औं मिनेटमा विकासले दोस्रो गोल गरे। खेलको ७० औं मिनेटमा टेकबहादुरले गोल गर्दै टिमलाई ३–०ले विजयी गराए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button