तपाईँ सुन्दै हुनुहुन्छः

देशभरकै न्यूनतम तापक्रम बढ्यो

काठमाडौं। न्यूनतम तापक्रम वृद्धि हुने क्रमसँग देशका अधिकांश स्थानमा चिसा कम हुँदै गएको छ ।

मङ्गलबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ । सोमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम मङ्गलबार बिहान ३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै सोमबार माइनस ५.४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको मङ्गलबार बिहानको तापक्रम माइनस ३.६ डिग्री सेल्सियसमा झरेको छ ।

यसैबीच अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिएकी छन् । पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालको हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button