२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगी व्यबसायीहरुका लागि सरकार जुनसुकै सहयोग गर्न तयार: प्रधानमन्त्री

रेडियो नेपाल २०७६ माघ २८ गते १५:०२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यबसायीहरुका लागि सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा आज काठमाडौंमा आयोजित महत्वपूर्ण व्यबसायी व्यति (सी आई पी) सम्मान तथा सुशोभन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नती र विकासका लागि सरकार निजी, सहकारी र सरकोरवाला सबैसंग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार सुशासनसहितको आर्थिक विकासमा अघि बढेको भन्नुहँंदै कानूनको कार्यान्वयन र सुशासन प्रवद्र्धनमा निजी क्षेत्रको सहयोगको आवश्यकता औल्याउनुभयो ।प्रधानमन्त्री ओलीले उत्पादन क्षेत्रमा उल्लेख्य प्रतिफल हासिल गरी निर्यात अभिवृद्धि गर्ने व्यबसायीहरुलाई सरकारले अझ थप सेवा सुविधा र अवसर प्रदान गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले व्यबसाय प्रवद्र्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न उद्योग दर्ताको प्रक्रियालाई सरल र सहज बनाईएको जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न व्यबसायमा संलग्न रही निर्यात प्रबद्र्धनमा सहयोग पु¥याउने २५ उद्योगी व्यबसायीलाई महत्वपूर्ण व्यबसायी व्यति (सी आई पी) सम्मान प्रदान गरिएको थियो ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

८ घन्टा अगाडि रेडियो नेपाल