तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हक कार्यान्वयनका लागि सबै नागरिक सचेत हुनुपर्छ : मन्त्री बाँस्कोटा


काठमाडौँ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले सूचनाको हक कार्यान्वयनका लागि सबै नागरिकले आफ्नो अधिकारमात्र नभई कर्तव्यको वारेमा समेत थाहा पाउनुपर्नेमा जोडदिनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले आज काठमाडौमा आयोजना गरेको सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा संचारमन्त्री बासकोटाले एकैपटक ठुलो कुरा खोज्नुभनदा साना साना कुरा पुरा गर्दै समाज परिवर्ततनमा लाग्नुपर्ने बताउनुभयो ।

संचारमन्त्री बासकोटाले राष्ट्रिय सूचना आयोगको सुरक्षित आवासका लागि छिट्टै भवनको व्यवस्था गर्ने पनि जानकारी दिनुभयो ।विकास तथा प्रविध समितिका सभापति कल्याणी खड्काले नागरिकको सूचनाको हक सुनिश्चित भएमात्रै लोकतन्त्र बलियो हुने भन्दै महिला सश्क्तिकरणका लागि राज्यले छुट्टै मापदण्ड बनाएर हरेक क्षेत्रमा महिला सहभागिता बढाउन प्रोतसाहित गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेनद्रमान गुरुङले सूचनाको हकका सम्बन्धमा नेपाल अन्तराष्ट्रिय रुपमा निकै माथि रहेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन आयोग विभिन्न योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले संविधानले सुनिश्चित गरेको सूचनाको हक कार्यान्वयनका लागि पत्रकारिताजगतले समबन्धीत पक्षसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button