तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकारको रक्षा र संरक्षणको लागी आयोग लागिरहनेः सदस्य वस्ती

बारा । मानव अधिकारको रक्षा, संरक्षण र सम्बर्द्धन गर्ने काममा आयोग लागि परेको बताउनुभएको छ । बाराको कलैयामा मानव अधिकार रक्षकहरुको एक दिने अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य वस्तीले मावन अधिकारको हनन गर्नेहरुलाई कारवाहीको दायरामा समेत ल्याएको बताउनुभयो ।

मानव अधिकार उलङ्घनका घटनाहरु रोक्नका लागि राज्य र अन्य निकायहरुलाई बेलाबेलामा झस्काई रहेको आयोगका सदस्य वस्तीले बताउनुभयो । मुलुकमा सुशासन कायम गर्न, डण्डहिनतालाई अन्त्य गर्न, जातिय बिभेदलाई न्यूनिकरण गर्दै लैङ्गिक हिसांलाई समेत रोक्नका लागि आयोगले पहल गरिरहेको दावी गर्नुभयो ।

भष्टाचारलाई निर्मुल गर्दै मुलुकमा बिधीको शासन कायम गराउनका लागि पनि आयोगले रातदिन लागि रहेको जानकारी दिनुभयो । मानव अधिकारकर्मीहरुले गर्नेपर्ने कामको समेत सुझाव व्यक्त गर्दै दवाव र प्रभावमा नपरी निष्टापुर्वक काम गर्न आग्रह गर्नुभयो ।

आवश्कता भन्दा राजनितिककरण भईरहेको प्रति आयोग निकै नै गम्भिर रहेको बताउदै मानव अधिकार हननका घटनाहरुलाई रोक्न जनस्तरवाटै जनचेतना, सडक नाटक, श्रब्य दृष्यहरु जनजनमा पुगाउनुपर्ने आवस्कता औल्याउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button