तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय भुक्तानीमा क्यास व्याक सेवा शुरु

काठमाडौं । विद्युतीय भुक्तानीमा क्यास व्याक सेवा शुरु भएको छ ।

आन्तरिक राजश्व विभागले निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गर्नु भएको हो ।

जसअनुसार उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गर्दा त्यसमा तिरेको करको दश प्रतिशत रकम निजको बैंक खातामा फिर्ता गर्ने व्यवस्था रहेको छ ।

यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताहरुबाट एक पटकमा एक हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्मको मूल्य अभिबृद्धि कर लाग्ने वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा उपभोग गर्न पाउनेछन् ।

यस्तो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिनेदिने बानीमा थप सुधार हुने आन्तरिक राजश्व विभागको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button