तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी महानिरीक्षकमा ज्ञवाली नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नियुक्तिसँगै उहाँ नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बन्नुभएको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रुपमा रहनुभएका ज्ञवाली प्रदेश नं १ का प्रहरी प्रमुख हुनुहुन्थ्यो ।

उहाँको कार्यकाल पाँच महिनाको मात्र हुनेछ ।

हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आजदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाएपछि सरकारले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका तीनैजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले समेत आजै अनिवार्य अवकाश पाएकाले सरकारले ज्ञवालीलाई डिआइजीबाट सोझै प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button