तपाईँ सुन्दै हुनुहुन्छः

अबको दुई महिनाभित्र कोरोना भाइरसको संक्रमण पूर्णरुपमा समाप्त हुने

बेइजिङ । चीनमा फैलेको कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ ।

चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भएको हो ।

यसैबीच, हिजो चीनमा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या गत जानवरी ३१ देखिकै सबैभन्दा कम भएको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तमा हिजो ९४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो, भने करिब एक हजार नयाँ बिरामीमा संक्रमण देखिएको थियो ।

उक्त भाइरसका कारण हालसम्म चीनमा ११ सय जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button