तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका सबै गाउँमा स्टीलका पोल राखिँदै

पर्वत । पर्वतका सबै ग्रामीण क्षेत्रमा चालु वर्ष भित्रै काठका पोल फेरिने भएको छ । यो वर्षभित्रै जिल्लाका सबै स्थानमाकाठका पोल फेरेर स्टील पोल राख्ने तयारी भएको नेपाल विद्युत प्राधिकरण पर्वतले जानकारी दिएको छ ।

जिल्लामा अहिले करिब चार हजार काठे पोल प्रयोगमा छन् । जिल्लामा रहेका चार हजार काठे पोल अब विस्थापित गरी काठेपोलको ठाउँमा स्टिल पोल राखिने केन्द्र प्रमुख ललितनारायण चौधरीले जानकारी दिनुभयो । उहाँले चालुवर्ष सबै काठेपोल हट्ने जानकारी दिँदै दुई हजार पोल खरिदका लागि टेण्डर आव्हान भइसकेको जानकारी दिनुभयो ।

जिल्लाको विहादी गाउँपालिका, महाशिला र पैयुँ गाउँपालिकामा सबैभन्दा बढि काठेपोल रहेका छन् । सामूदायिक विद्युतिकरण समिति मार्फत विद्युतीकरण भएका गाउँमा बढि काठेपोल प्रयोगमा छन् । कुश्मा नगरपालिका र फलेवासमा गतवर्ष नै स्टील पोल फेरी सकिएको छ । पैयुँ, मोदी र जलजला गाउँपालिकामा स्टील पोलका लागि प्राधिकरणको पर्वत बितरण केन्द्र र जलस्रोत तथा सिंचाई कार्यालयले प्रकृया थालेका छन् ।

गत आर्थिक वर्षमा प्राधिकरणले एक हजार एक सय काठेपोल बिस्थापित गरेर स्टील पोल फेरेको थियो ।
ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरणका लागि चालु आर्थिक वर्षका लागि दुई करोड रुपैयाँ प्राप्त भएको प्राधिकरणको पर्वत बितरण केन्द्रले जनाएको छ ।

चालुवर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि काठेपोल प्रतिस्थापन कार्यक्रम अन्तर्गत दुई करोड रुपैयाँ विनियोजन भएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

माग अनुसारका सबै स्थानीय तहरुलाई उक्त पोलहरु वितरण गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख थलवहादुर तामाङले जानकारी दिनुभयो । गतवर्ष चार करोड रहेकोमा यो वर्ष पालिकाको माग संकलन गरेर माग अनुसारका पोल मगाउन शुरु गरिएको तामाङले जानकारी दिनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button