तपाईँ सुन्दै हुनुहुन्छः

रामेश्वर फुयाँल भौतिक पूर्वाधारमन्त्री, शपथग्रहण आजै

हेटौंडा । वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लाग्नुभएको हो । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आउनुभएको थियो ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लाग्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button