तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक गुम्बामा रुघाखोकीको प्रकोप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ गुम्बामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएपछि प्रदेशस्तरबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको छ ।

रुघा खोकी र ज्वरोको कारण सयजनाभन्दा बढी विरामी परेका र गाउँपालिकाले रोग परीक्षणका लागि विशेषज्ञ टोली पठाउन बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई अपिल गरेको गुम्बा गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जनस्वास्थ्य प्रयोगशालाको टोली आज विहानै संक्रमित स्थानमा पुगिसकेको र प्रयोगशालाको रिपोर्ट नआउञ्जेल सबैलाई धैर्यका लागि अनुरोध गर्नुभएको छ ।
गाउँपालिकामा संक्रमितहरु बढ्न थालेपछि स्वास्थ्यकर्मी, औषधी लगायत मास्क पठाइसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाइँले जानकारी दिनुभयो ।

संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button