तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समुहका तनहुँ जिल्ला इञ्चार्ज पुन पक्राउ

तनहुँ । विप्लव नेतृत्वको नेकपा माओबादीका तनहुँ जिल्ला इन्जार्ज पूर्णजित पुन पक्राउ परेका छन् । उनलाई म्याग्दे गाउँपालिका ३ जामुनबोटबाट जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीका पक्राउ गरेको हो ।

रोल्पा स्थायी ठेगाना भएका जिल्ला इन्चार्ज पुन तनहुँको बन्दिपुर गाउँपालिकाका बस्दै आएका थिए ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओबादी समुहले बिभिन्न किसिमको चन्दा आतंक मच्याउन थालेसँगै सरकारले नेता कार्यकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो ।

लामो समय समस्या लुकिछिपी बस्दै आएका पुनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक बिनोद सिलवालले जानकारी दिनुभयो ।

उहाँले बिप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button