तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छिमेकी मुलक चीनमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी प्रदेशमा उच्च सर्तकता अपनाएको छ ।

प्रदेश सरकार सामाजिक बिकास मत्रालयले कोराना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी सिमानाका र प्रादेशिक अस्पतालमा हेल्थडेस्क स्थापना गरेको जनाएको छ ।

सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना भाइसको जोखिमलाई मध्यनगर गर्दै कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर सिमानाकामा स्वास्थ्यकर्मीको सहितको हेल्थ डेस्क स्थापना गरिएको बताउनुभयो ।

उहाँले सेती प्रादेशिक अस्पातल धनगढी र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा समेत छुट्टै स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको बताउनुभयो । ती स्वास्थ्य कक्षमा उच्च ज्वरो लगायतका लक्षण देखिने बिरामीलाई चेकचाजको ब्यवस्था मिलाइएको अस्पातले जनाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख कार्की अनुसार भोलिदेखि धनगढी बिमानस्थलमा हेल्थडेस्क सञ्चालनमा ल्याउने तयारी गरिएको छ । डेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मोस्क्यानरसहित स्वास्थ्यक्रर्मी खटिने छन् । बिमानस्थलमा सबै यात्रुको स्वास्थ्य चेकजाँच गरिने र १०४ डिग्री ज्वरो आएको देखिएपछि थप चेकजाचका लागि अस्पतालमा रहेको स्वास्थ्य कक्षमा पठाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button