तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको धनगढीबाट रकम असली र चोरी गर्ने सात जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट नक्कली प्रहरीको भेषमा व्यापारीबाट रकम असुली गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ्ग खप्तडछान्ना गाउपालिका १ का सनम भण्डारी, कैलाली धनगढी उपमहानगरपालिका ५ का गौरव हमाल र कञ्चनपुर पुर्नवास नगरपालिका ५ का किशन सिजापती रहेको प्रहरीले जनाएको छ ।

नक्कली प्रहरीको भेषमा व्यापारीलाई डरधम्की देखाएर रकम असुली गरेको पाइएको उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी मोटरसाइकलमा चोरीमा सलग्न चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का बिजय राना, बसन्त राना, मोहित राना र निशान्त राना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले माघ २० गते धनगढी उपमहानगरपालिका ३ बाट लु ५३ प नं. को मोटरसाइकल चोरी गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button