तपाईँ सुन्दै हुनुहुन्छः

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक २०७६ पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरलेलल पारित गरियोस् भनीे प्रस्तुत गर्नु भएको रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी बिधेयकलाई बैठकको बहुमतले पारित गरेको हो ।

उक्त बिधेयक पारित गर्नु पूर्व शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित बिधेयक उपर छलफल भई छलफलमा उठेका विषयमा शिक्षामन्त्री पोखरलेलले अहिलेको अवश्यकतालाई सम्बोधन गर्ने गरी बिधेयक ल्याइएको बताउनुभयो ।

मन्त्री पोखरेलले क्यानसरको उपचार, कृषि आधुनीकिकरण, गाईवस्तुको नश्ल सुधार, एक्सरे लगायतका बिभिन्न महत्वपूर्ण काममा समेत रेडियोधर्मी पदार्थको आवश्यकता पर्ने भएकाले त्यसको अध्ययन, अनुसन्धान र नियमन गर्न विधेयक ल्याइएको प्रष्ट पार्नुभयो ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिरुवा संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ सदनमा पेश गर्नुभयो ।

यसअघि, प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समाजमा रहेको जातीय छुवाछुत र विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले लामो समयदेखि नेपाली समाजमा रहेको जातीय उत्पीडन, छुवाछुत र बहिष्करण अन्त्यका लागि दुई तिहाईको सरकारले बिशेष पहल गर्नु पर्ने भन्दै छुवाछुत बिरुद्धको जागरण अभियान सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

काठमाडौंको कालिमाटीमा बिषादी मापन गर्दा बिषादीको मात्रा बढेको देखिएको भन्दै राजधानी लगायत मुलुकका सबै शहरहरुमा खाद्यन्न, तरकारी र फलफुलमा बिषादी मापन गर्ने व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले स्वास्थ्य परिक्षणलाई प्रभावकारी बनाएर देशमा कोरोना भाइरस छैन भन्ने सन्देश फैलाउन सके मात्रै पर्यटन वर्ष सफल पार्न सहयोग पुग्ने, सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस फैलियो भन्ने विषयको सत्यतथ्य पत्ता लगाई भ्रम मुक्त गर्नु पर्ने लगयातका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

महिलामाथि भएका सबै प्रकारका हिंसा अन्त्य गरी समता मुलक समाज निर्माणका महत्वपूर्ण भुमिका खेल्ने महिला आयोग लामो समयसम्म रिक्त रहनु उचित नहुने भन्दै महिला आयोगका पदाधिकारी तत्काल नियुक्त गर्न सांसदहरुले माग गर्नुभयो ।

उहाँहरुले सरकारले छाउ प्रथा अन्त्यका लागि छउगोठ भत्काउने काम मात्रै गरेर नुहने भन्दै सचेतना अभियान नै चलाएर उनीहरुको मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको पनि बताउनुभयो ।

सांसदहरुले चर्चामा रहेको अमेरिकी सहयोग संस्था एमसीसीको बारेमा गलत व्याख्या गर्दै जनस्तरमा भ्रम फैलाउने काम भइरहेको भन्दै छलफल र बहस गरेर छिटो भन्दा छिटो यसको बारेमा प्रष्ट पार्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठकमा फागुन २ गते शुक्रबार दिउसो २ः००बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button