तपाईँ सुन्दै हुनुहुन्छः

छ महिनामा ५७ अर्ब २८ करोडको वस्तु निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा कुल बस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयां बराबरको निर्यात भएको छ ।

यसैगरी समीक्षा अवधिमा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब बराबरको बस्तु आयात भएको छ । यसबाट कुल ब्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब भएको अर्थ मन्त्रालयले जनाएको छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिती ५७ अर्बले बृद्धि भई १० खर्ब ९६ अर्ब पुगेको छ ।

यस विदेशी विनिमय सञ्चितीको विद्यमान स्तर साँढे ९ महिनाको वस्तु आयात र साढे ८ महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button