तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको ट्रक दुर्घटना, एक सैनिकको मृत्युु, छ जना घाइते

तुलसीपुर । नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक सैनिक मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सवुज गणमा कार्यरत हेटौडा घर भएका जमदार यादवराज ढडेल रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ । ढडेलको घटनास्थलमै मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिनुभयो ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाँैस्थित छाउनी हस्पिटलमा लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।

सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउँसो दुर्घटना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button