तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्थापन चुस्त बनाउन निर्देशन

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।

नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका पदभार ग्रहण गर्दै उहाँले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने र निगम बुझेका कर्मचारीले संस्थाको सुधारमा कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्न आग्रह गर्नुभयो ।

सचिव अधिकारीले विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा विभिन्न विभागका निर्देशकले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गतेदेखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने विश्वास दिलाएको छ ।

जापानबाट प्रसारण हुने एउटा सञ्चारमाध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण भएको भन्दै आवश्यक आधिकारिक जानकारी नलिई प्रसारित उक्त समाचारको खण्डन गरेको छ । साथै नारिता उडानबारे निगमको निर्धारित उडान तालिका बदलियो भन्नेबारेमा भ्रममा नपर्न सम्बन्धित निकाय सबैमा विज्ञप्तिमार्फत अवगत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button