तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्यो, बुधबारमात्रै २४० को मृत्यु

फाइल तस्बिर

काठमाडौं- चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढेको छ ।

बुधबार एकै दिनमा २ सय ४२ जनाको मृत्यु भएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन २ सय ४२ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य संगठनले दाबी गरेको छ ।

कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।

यसअघि कोरोनाबाट मंगबार ९७ जनाको मृत्यु भएको थियो भने सोमबार १०८ र आइतबार ९७ जनाको मृत्यु भएको थियो । जनवरी २३ बाट लागातार हरेक दिन कोरोनाका कारण मानिसले ज्यान गुमाइराखेका छन् । अहिलेसम्म एक हजार तीन सय ६८ जनाको मृत्यु भइसकेको छ।

यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि बढेको छ । बुधबार मात्रै १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् ।

अहिले पनि ३३ हजार ६९३ जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई भने ठीक भएको छ । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

उता बेलायतले पनि आफ्नो देशमा कोरोना भाइरसका बिरामी पुष्टि भएको बुधबार नै जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button