२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

कुवेतको ढुंगाखानीमा विस्फोट हुँदा चार नेपालीको मृत्यु

रेडियो नेपाल २०७६ फागुन १ गते ११:२३

काठमाडौ । कुवेतको एक ढुंगाखानीमा पुरिँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा(बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा धेरै श्रमिक पुरिएका अरब टाइम्सले जनाएको छ।घटनास्थलबाट ६ जनाको शव निकालिएको छ। उनीहरुको नाम सार्वजनिक भएको छैन। समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन्। १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ।

तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ। खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेका थिए।
उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ। श्रमिकहरु खाडलमै भएका बेला ढुंगा फुटाउन बम बिस्फोट गरिएको थियो।

विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन्।घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा। राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन्।

सम्बन्धित

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

८ मिनेट अगाडि ध्रुव अधिकारी

भीमेश्वरको सिलामा पसिना

३० मिनेट अगाडि चिरञ्जीवी मास्के