तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

राँझा। नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएकोे उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिनुभयो ।

पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले जानकारी दिनुभयो । बसपार्कलाई व्यवस्थित सुन्दर र सफा आकर्षक बनाउन आफूहरुले पहिलो ध्यान दिने सप्लायर्सका अर्का सञ्चालक राकेश रानाले जानकारी दिनुभयो । “नेपालगञ्जको आधुनिक बसपार्कको व्यवस्थापन जिम्मेवारी पाउनु हाम्रो लागि ठूलो अवसर हो ।” उहाँले भन्नुभयो, “यो जिम्मेवारी पाउँदा हामी उत्साहित छौँ, उपमहानगरपालिकासँग गरिएको शर्तभन्दा अझ बढी राम्रो काम गरेर देखाउने छाँै ।

चार बिघा १० कट्ठा जग्गामा रु १६ करोड १६ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कमा १२३ ठूला र ५६ साना बस राख्न सकिने क्षमता छ । उपमहानगरपालिकाले सम्पूर्ण बस बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेपछि बसपार्कमा चहलपहल बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button