तपाईँ सुन्दै हुनुहुन्छः

जुमानुको ह्याट्रिकमा पुलिसको सहज जित

काठमाडौं  – कप्तान जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिसले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार फ्रेन्ड्स क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा जुमानुले ह्याट्रिक गर्दै पुलिसलाई सहज जित दिलाएका हुन् । उनले ४८ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा दोस्रो तथा ८५ औं मिनेटमा गोल गर्दै जुमानुले ह्याट्रिक पूरा गरे । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि रुस्लान थ्री स्टार क्लबका सन्जोक राईले सरस्वतीविरुद्वको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

यो जितसँगै पुलिस १३ खेलमा ६ मा जित सहित २० अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंक सहित शीर्ष स्थानमा छ ।

सानमिगेल मछिन्द्र क्लब १२ खेलमा २८ अंक सहित दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब १२ खेलमा २५ अंक सहित तेस्रो र रुस्लान थ्रि स्टार १२ खेलमा २३ अंकका साथ चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button