२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल र बलेरो एकआपसमा ठोक्किदा दुई जना घाइते

किरण श्रेष्ठ २०७६ फागुन १ गते १३:३६

तनहुँ । तनहुँको घाँसिकुवामा मोटरसाइकल र बलेरो ठोक्किदा दुई जना घाइते भएका छ्न । बिहिबार व्यास १२ः०० घाँसीकुवामा दमौलीबाट डुम्रेतर्फ जादैं गरेको बा २१ च ५७४१ नम्बरको बलेरो जिप र शेराबाट दमौलीतर्फ आउँदै गरेको ग ८ प १६४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक व्यास १२ का २७ बर्षीय कुमार परियार र उक्त मोटरसाइकलको पछाडि सवार व्यास ११ का २९ वर्षका रामचरण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

मोटरसाइकल चालक कुमारको खुट्टा भाँचिएको र पछाडि सवार रामचरणको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । रामचरणको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि दुई जनालाई नै पोखरा पठाईएको प्रहरिले जनाएको छ ।

अहिले घाइतेहरुको पोखरा स्थत मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

८ घन्टा अगाडि रेडियो नेपाल