तपाईँ सुन्दै हुनुहुन्छः

एक सय ६६ थान लागुऔषधसहित तनहुँबाट दुईजना पक्राउ

तनहुँ । लागुऔषधसहित तनहुँको सत्रसयबाट दुईजना पक्राउ परेका छ्न । बुधबार दिउँसो आँबुखैरेनी गाँउपालिका वडा नं. १ सत्रसयस्थित पृथ्वी राजमार्ग सडकखण्डमा चेकजाँचका क्रममा लागुऔषधसहित पक्राउ परेका हुन् ।

मुग्लिनबाट डुमे तर्फ आउँदै गरेको ग १७ प ३३७२ को स्कुटरलाई रोकी चेकजाँच गर्दा लम्जुङ दुधपोखरी गाउँपालिका वडा नं. ६ घर भई हाल सुन्दरबजार नगरपालिका वडा नं. ८ ठाडो लाईन बस्ने ३० बर्षीय आईते तामाङ र सो स्कुटरको पछाडि सवार लम्जुङ सुन्दरबजार नगरपालिका वडा नं. ६ तार्कुका २४ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् ।

तामाङले भिरेको कालो निलो रंगको झोलामा डाईजेपाम ५२ थान, नुर्फिन ५१ थान र फेनारगन ५३ थान गरी कुल एक सय ६६ थान लागुऔषध एम्पुल फेला परेको ईलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

उक्त स्कुटरसहित दुबै जना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button