तपाईँ सुन्दै हुनुहुन्छः

‘खानेपानी प्राप्त गर्ने नागरिकको हक सुनिश्चित हुने कुरामा ध्यान दिनुपर्छ’

काठमाडौँ  । खानेपानीको स्रोत माथिको अधिकार राज्यको हुनुपर्ने र नागरिकले निःशुल्क पानी खान पाउने व्यवस्था हुनु पर्नेमा बिज्ञहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा बिकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि आज भएको छलफलमा बिज्ञहरुले स्वच्छ खानेपानी प्राप्त गर्ने जनताको मौलिक हक भएकाले पानीको हकबाट कोही पनि बञ्चित हुन नपर्ने गरी ऐन बनाउनु पर्नेमा जोड दिनुभयो ।

बिज्ञहरुले सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानीमा नागरिकको सहज पहुँचको व्यवस्था गर्नु पर्ने र उद्योग तथा कलकारखानाबाट निस्कने पानी प्रशोधनपछि मात्रै अन्य पानीका स्रोतमा मिसिने व्यवस्था गर्नु पर्नेमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button