तपाईँ सुन्दै हुनुहुन्छः

गुनासो एवं उजुरी सुनुवाई कार्यदलको प्रतिवेदन २०७६ माथि छलफल

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समितिमा प्राप्त गुनासो एवं उजुरीलाई टुंगोमा पु¥याउन गठित गुनासो एवं उजुरी सुनुवाई कार्यदलको प्रतिवेदन २०७६ माथि छलफल भएको छ ।

समितिको आज सिंहदरमा बसेको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल र रेखा शर्माको तिन सदस्यीय गुनासो एवं उजुरी सुनुवाई कार्यदलले तयार पारेको बिभिन्न बिषयमा ५० भन्दा बढी उजुरीमाथि सदस्यहरुले छलफल गर्नुभएको थियो ।

बैठकमा सदस्यहरुले समितिले निर्देशन दिने गरेको भएतापनि सम्बन्धीत निकायले निर्देशन नमान्ने गरेको परिपाटीप्रति चिन्ता व्यक्त गर्नुभयो ।

समितिले तयार पारेको ५० उजुरीमध्ये चार वटा समितिमा नै छलफल गर्नुपर्ने र अन्य उजुरी सम्बन्धित निकायमै पठाउनुपर्ने कार्यदलले जनाएको छ ।

बैठकमा नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नागरिकता बिधेयक, संघीय निजामति सम्बन्धी बिधेयक, अनुसन्धान विभागसँग सम्बन्धीत उजुरी रहेको पनि कार्यदलले जनाएको छ ।

समितिको बैठकमा समितिका सभापति शशि श्रेष्ठले सदस्यहरुलाई समितिले दिने गरेको निर्णय कार्यान्वयन भएनभएको सदस्यहरुले अनुगमन गर्नुपर्ने, समिति सदस्यहरुले प्राथमिकताका साथ समितिमा समय दिनुपर्ने र निर्देशन पालना भएनभएको बारेमा अध्ययन गर्न छुट्टै समिति बनाउने पनि बताउनुभयो ।

उहाँले निर्देशन पालना गराउन कस्तो रणनिति अपनाउने त्यसको बारेमा पनि गहन छलफल आवश्यक रहेको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले कार्यदलले तयार पारेको प्रतिवेदन माथि थप छलफल आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button