तपाईँ सुन्दै हुनुहुन्छः

बस र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बजार नजिकै बस र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बेलौरीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बस र म १ प १७६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार ढक्का शिविर बस्ने अन्दाजी ५० वर्षीय पदम चौधरी (मिस्त्री)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।

बस र चालकलाई नियन्त्रणमा लिइ आवश्य अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button