तपाईँ सुन्दै हुनुहुन्छः

रेल्वे सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक माथी छलफल सुरु

काठमाडौँ । रेल सेवाको बिकास तथा बिस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेर सरकारले तयार पारेको रेल्वे सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ ,माथी राष्ट्रियसभाको बिधायन ब्यवस्थापन समितिमा छलफल सुरु भएको छ ।

विधायन समितिको बिहिबार बसेको बैठकमा भौतिक पुर्वधार तथा यातायात मन्त्रालयका सचिव , रेल विभागका महानिर्देशक लगाएतका सरकारी प्रतिनिधिहरुसँग यो बिधेयकले गरेका प्रस्ताव बारेमा छलफल भएको छ ।

बिधेयकले रेल्वे विकास बोर्ड गठन गरेर रेल सेवाको बिस्तार गर्न प्रस्ताव गरेको छ । सांसदहरुले गर्नु भएका संसोधन प्रस्तावहरु माथी दफावार छलफल गरेर समितिले यो विधेयक सदनमा पठाउने तयारी गरेको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button