तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरना भाइरस संक्रमण छैन् : मन्त्री ढकाल

पाल्पा । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरना भाइरसको संक्रमण हाल सम्म नभेटिएको बताउनुभएको छ ।

बिश्व भरमा करिब ४५ हजार मानिस यो रोगबाट संक्रमण भएको र चार सय मात्र चीन भन्दा बाहिरका नागरिक भएको र चीनमा रहेका नेपालीहरुमा यो रोगको संक्रमण हाल सम्म नभेटिएको मन्त्री ढकालले बताउनुभयो ।

यो रोग प्राणीबाट मान्छेमा सर्ने भएकाले यसलाइ नोबेल कोरना भनिएको हो । नेपालमा गलत सूचनाका कारण यो रोग बारे भ्रम फैलिएको उहाँको दाबी छ ।

फरक प्रसङ्गगमा मन्त्री ढकालले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेको तीन महिनामात्र भएकाले अबको तीन महिनापछि स्वास्थ्यका क्षेत्रमा देखिने गरी प्रगती हुने उहाँको धारणा छ । ्

पाल्पा ब्यापार संघले आयोजना गरेको प्रथम पाल्पा महोत्सवको उद्घाटन गर्न मन्त्री ढकाल पाल्पा आउनु भएको हो ।

महोत्सव आजदेखि ११ गते सम्म तानसेनको ग्रामिण भेग दमकडामा चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button