तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म बृहत प्रदर्शनी प्रारम्भ

काठमाडौँ । नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म शीर्षकमा तीनदिने बृहत् प्रदर्शनी भद्रकालीस्थित जङ्गी अड्डा परिसरमा प्रारम्भ भएको छ ।

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको आज नेपाली सेनाका वलाधिकृत रथी शरदकुमार गिरीले उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा नेपाली सेनाको गौरवपूर्ण इतिहास र वर्तमानलाई समेटिएका सामग्री, सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्बीर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक उपकरण, पोशाक, सैन्य सामग्री र विभिन्न जडिवुटीहरु समावेश गरिएको छ ।

यस किसिमको प्रदर्शनीले नेपाली सेनाका बारेमा आम नागरिक तथा समाजका विभिन्न तह एवं तप्काका व्यक्तिहरुलाई बुझ्न सहज हुने र प्रदर्शनी बिद्यार्थी, अनुसन्धानकर्तालगायत सबैलाई ज्ञानबद्र्धक हुने सैनिक प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने प्रदर्शनीको अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको नेपाली सेनाले जनाएकोछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button