तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको गैँडहवा ताल महोत्सव सुरु

भैरहवा । फागुन १ गते देखि १० गते सम्म रुपन्देही जिल्लाको गैँडहवा गाउँपालिकामा अवस्थीत गैँडहवा तालमा पहिलो पटक नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि प्रथम महोत्सवको सुरुवात भएको छ ।

‘कृषि शिक्षा स्वास्थ्य, रोजगार र ब्यापार, पर्यटन सहितको पूर्वाधार विकास’ भन्ने मुल नाराका साथ प्रथम ताल महोत्सव २०७६ गर्न लागिएको आयोजकले बताएका छन् । महोत्सवमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ताल क्षेत्रलाई एउटा महत्वपूर्ण क्षेत्र भएको हुनाले वरिपरि घुम्ने बाटोले मात्रै पर्यटकिय प्रबद्र्धन नहुने बताउनुभयो । उहाँले ताललाई लुम्बिनीसंग जोड्नका लागि यशोधरा पार्क बनाउन गाउँपालिकालाई सुझाव दिनु भयो । यशोधरा पार्क निर्माण भएमा पर्यटकहरु कहाँ छ यशोधरा पार्क भन्दै घुम्न आउने बताउनुभयो । उहाँले यशोधरा पार्क निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुु भयो ।

संसदीय लेखा समितिका सभापति भरत कुमार शाहले तालमा इटाको दिवाल लगाएर तालको संरक्षणमा लागिएको बताए । उनले तालसंग जोड्नका लागि साल झण्डीको बाटो ल्याउन लागिएको बताए । बहुवर्षीय योजना अन्तर्गत काम अंगाडी बढाएको बताए ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा प्रदेश नम्बर ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न महोत्सव फलदायी हुने विश्वांस लिएको गैँडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवट (बच्चुलाल) ले बताउनुभयो । प्रथम गैँडहवा ताल महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका केवटले प्रचुर सम्भावना बोकेको गैँडहवा तालको प्रचार प्रसार नहुँदा यसको वास्तविक अवस्था बाहिर आउन नसकेकोले तालको प्रचार प्रसार र ताललाई पर्यटनको गन्तब्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको बताउनुभयो ।

८४ बिघा क्षेत्रफलमा रहेको तालको ५० बिघा क्षेत्र जलाशय युक्त रहेको छ । २ सय प्रजातीका चराचुरुङ्गी पाइने तालमा घ्रर्सने प्रजातीका मात्रै २० रहेका छन् केवटले भने, यस तालको उत्तर तर्फ एशियाको दोस्रो ठूलो जटायु रेष्टुरेन्ट रहेको छ ।

लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तब्यमा लिन सकिने महोत्सव प्रचार प्रसार उप समिति संयोजक भुवन रानाले बताए । १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकलाई तालमा डुङ्गामा सयर गराउन २ थान ठूला र २ थान साना डुङ्गा समेत खरिद गरिएको रानाले बताए ।

पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको यो तालमा लुम्बिनी आउने पर्यटकलाई मात्रैपनि घुमाउने वातावरण तयार गरि उनिहरुको बसाई लम्ब्याउँदा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने महोत्सवव प्रचार प्रसार उप–समितिका सह–संयोजक सन्दीप गुप्ताले बताए ।

१ सय वटा स्टल रहने ताल महोत्सवमा विज्ञान प्रबिधि पर्दशनीमा राखिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकले बताए । १ लाख दर्शक भित्राउने योजना भएको महोत्सवमा १ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button