तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध एयरको तीन वर्षको गुरुयोजना तयार

काठमाडौं । निजी क्षेत्रको एयरलाईन्स बुद्ध एयरले तीन वर्षको गुरुयोजना तयार पार्दै देशका विभिन्न विकट गन्तब्यमा उडान गर्ने भएको छ ।

एटिआर मार्फत मलुकको विभिन्न १० वटा विकट गन्तब्यमा बुद्ध एयरले उडान गर्ने योजना बनाएको कम्पनीका प्रवक्ता रुपेश जोशीले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा बझाङ, जुम्ला, हुम्ला, रुम्झाटार, बैतडी, ताप्लेजुङ, दाङ, जोमसोम लगायतका विमानस्थलमा विकट गन्तब्यको सम्भावित अध्ययन सुरु भईसकेको र सम्भाव्यता अध्ययनका आधारमा ती गन्तब्यमा व्यवसायिक उडान सुरु गरिने प्रवक्ता जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button