तपाईँ सुन्दै हुनुहुन्छः

जुमानु राईको ह्याट्रिक सहित पुलिसको जित

काठमाडौं । को अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । जारी लिगमा छैटौं जित निकालेको पुलिस २० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । अब जावलाखेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा पाँचौं या छैटौं स्थानमा रहने पक्का गर्ने छ ।

एन्फा मैदानमा विहिबार भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जीतमा जुमानु राईले ह्याट्रिक गरेका छन् ।

जुमानु जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडीसमेत बने । यसअघि थ्रीस्टार क्लबका संजोग राईले यो संस्करणकै पहिलो ह्याट्रिक गरेका थिए । पराजित भएको फ्रेण्ड्स १४ अंकसहित १० औं स्थानमा छ ।

दोस्रो खेलमा नेपाल एपिएफ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।

४४औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । जारी लिगमा उनी नवौं गोल गर्दै लिगको सर्वा्धिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट विजय गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यो खेलसँगै ब्रिगेड १३ खेलमा ९ अंक सहित १२ औं स्थानमा छ । एपिएफ १३ खेलमा समान ९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंक सहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा संकटा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विहीबार रेलिगेसनमा परिसकेको सरस्वती युथ क्लबमाथि आधा दर्जन गोल गरेको छ ।

बिहीबार संकटाले पुछारमा रहेको सरस्वतीलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।

संकटा १३ खेलमा १८ अंकका साथ सातौं स्थानमा रहेको छ । सरस्वती १३ खेलमा मात्र १ जित र १ हारसहित ४ अंकका साथ पुछारमा रहँदै लिग अन्त्य गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button