तपाईँ सुन्दै हुनुहुन्छः

असारसम्ममा मेलम्चीको पानी काठमाडौं आउछः खानेपानीमन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्रालयले आगामी असार मसान्त भित्रमा काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने गरी कार्य भइरहेको जनाएको छ ।

आज काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र जारी गर्नुहुुदै खानेपानी मन्त्री बिना मगरले काठमान्डौ उपत्यकाबासीले प्रतिक्षा गरी रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी विकास समितिले तयार गरेको स्वेत पत्रमा मलेम्ची खानेपानी आयोजनाको लगभग ९५ प्रतिशत काम भइसकेको उल्लेख गरिएको छ ।

आजै काठमान्डौमा आयोजित एक अर्को कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले चालु आर्थिक वर्ष भित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा आइपुग्ने भएकाले वितरणका लागि आवश्यक तयारी गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १२ औ वार्षिकउत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मगरले खानेपानी वितरणका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिको प्रवन्ध गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button