तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान शुरु

काठमाडौं । राष्ट्रिय जनमोर्चाको एक महिने सङ्गठनात्मक अभियान शुरु भएको छ । जनमोर्चाले देशभर सङ्गठन निर्माण गर्नका लागि शुरु गरेको अभियानको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले हिजो शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताउनुभयो । उहाँले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेल्वासेले अभियानले जनमोर्चाको सङ्गठनलाई थप बलियो बनाउने बताउनुभयो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी केही युवा जनमोर्चामा प्रवेश गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button