तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित

काठमाडौँ । चीनमा माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ ।
कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक एक जनाको मृत्यु भएको छ ।कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २।२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ । अन्य भाइरसको अनुपात भने १।३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ ।कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन को एउटा टोलीले चीनमा उपचार, रोकथाममा जुटिरहेको छ ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।

कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको दाबी गर्दै चीनले चाँडै भाइरसको संक्रमण नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button