तपाईँ सुन्दै हुनुहुन्छः

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

पोखरा।क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ । पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गर्नुहुँदै भौगोलिक अवस्थाअनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्छ भन्नुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य कुमार खड्काले जातीय सद्भावका लागि खस आर्य सङ्ग्रहालय महत्वपूर्ण हुने धारणा राख्नुभयो । अर्का प्रदेशसभा सदस्य कृष्ण थापाले सङ्ग्रहालयले सबैले अपनत्व महसुस गर्ने गरी साझा हुनुपर्नेमा जोड दिनुभयो । । प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापाक डा दिलबहादुर क्षत्रीले समाजले सदैव सबै जातिको सम्मानका लागि आन्दोलन गरेकाले सङ्ग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने धारणा राख्नुभयो ।
निर्माण समितिका अध्यक्ष प्रेमबहादुर जिसीले पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी एक वर्षभित्र रु सात करोडको लागतमा पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–९ का अध्यक्ष रामराज लामिछानेले स्थानीयस्तरबाट सङ्ग्रहालय निर्माणमा सहयोग गर्ने बताउनुभयो । सोही कार्यक्रममा नापी कार्यलयका प्राविधिक ऋषि थापालाई सम्मान गरिएको थियो । निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापा, निर्माण समितिका उपाध्यक्ष उर्मिला खड्का, सचिव पदमबहादुर कार्की, पण्डित सोमनाथ सुवेदीलगायतले सङग्रालयका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button