तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको सम्बोधन फागुन ३ मा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्नुहुने भनिएको सम्बोधन भोलीका लागि सरेको छ ।

राष्ट्रियसभाका सांसद दुर्गा उपाध्यायको आज निधन भएको कारण प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्नु हुने र भोलि बिहान ११ बजे बस्ने बैठकमा सम्बोधन गर्नुहुने जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार गठन भएको दुई वर्ष पूरा भएकोले यस अवधिमा सरकारले गरेका कामहरु र प्राप्त उपलब्धि तथा समसामयिक विषयमा सदनलाई जानकारी गराउनुहुने सल्लाहकार थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते वर्तमान सरकार गठन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button