तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी बिमानस्थलमा हेल्थ डेस्क स्थापना

फाइल तस्बिर

धनगढी । कैलालीको धनगढी बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बिमानस्थलमा राखिएको हेल्थ डेस्कमा थर्मोस्क्यानर गनसहित तीन जना स्वास्थ्यक्रर्मी खटाइएको बताउनुभयो ।

उहाँले काठमाडौँबाट धनगढी आउने सबै यात्रुको थर्मोस्क्यानर गन मार्फत चेकजाँचको ब्यवस्था मिलाइएको बताउनुभयो ।
यसैबीच सेती प्रादेशिक अस्पतालको स्वास्थ्य कक्षमा भर्ना भएका एक युवकको स्वास्थ्य परिक्षणका लागि नमुना संकलन गरी काठमाडाँै पठाइएको छ ।

ती युवकमा ज्वरो आउने, घाटी दुख्ने जस्ता लक्षण देखिएपछि कोराना संक्रमणको आंशकामा स्वास्थ्य परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button