तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा फागुन ७ गतेदेखि दादुरा रुवेला खोप सञ्चालन हुने

बर्दिया । बर्दिया जिल्लामा फागुन ७ गतेदेखि देखि ३० गतेसम्म दादुरा रुवेला खोप सञ्चालन हुने भएको छ ।

उक्त दादुरा रुवेला खोप अभियानमा सबैको सक्रियता र सहयोग रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बर्र्र्दियाले जनाएको छ ।

आज सञ्चारकर्मीहरुसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय बर्र्र्दियाका प्रमुख गोकर्ण गिरीले जिल्लाको आठ वटै तहमा यो अभियान दुई चरणमा हुने हँुदा नौ महिना देखि पाँच बर्षमुनिका आफ्ना बालबालिकालाई यो खोप लगाउन अनुरोध गर्नुभएको छ ।

७ गतेदेखि सञ्चालन हुने कार्यक्रम अन्तरगत पहिलो चरणमा गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउपालिका रहेको छ भने दोस्रो चरणमा राजापुर नगरपालिका र गेरुवा गाउपालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button