तपाईँ सुन्दै हुनुहुन्छः

इलामको माङ्गसेवुङ गाँउपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालनमा आउँदै

फाइल तस्बिर

झापा । इलामको माङ्गसेवुङ गाँउपालिकामा पहिलो पटक एम्बुलेन्स सञ्चालनमा आउने भएको छ । स्थानीय स्वर्गीग खड्गजङ्ग योङ्हाङ् लिम्बूस्मृति प्रतिष्ठानले बिरामीहरुको सहज उपचारमा सहयोग पुर्याँउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका सचिव चन्द्रमाया पतङ्वा योङ्हाङ्ले बताउनुभयो ।

जसका लागि एम्बुलेन्स विर्तामोडस्थित महिन्द्र सो रूममा आईसकेको र छिट्टै सञ्चालनमा आउने तयारी भईरहेको उहाँले बताउनुभयो ।
माङ्सेबुङ्बाट एम्बुलेन्स सञ्चालनमा आएपछि माङ्सेबुङसहित इलामको पश्चिम दक्षिणी तथा पाँचथरको दक्षिणी क्षेत्रका बिरामीहरुलाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानले सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सो क्षेत्रमा नै पहिलो पटक एम्बुलेन्स सञ्चालनमा आउन लागेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष शेसेहाङ फियाकले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button